११ मंसिर २०८३, शुक्रबार

यस्तो छ कांग्रेस र लोकतान्त्रिक फोरमको एकता सहमति (पत्रसहित)

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असोज । नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरम पार्टी एकताका लागि विभिन्न विषयमा साझा सहमति भएको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र फोरमका अध्यक्ष विजग गच्छदारबीच आज बालुवाटारमा पार्टी एकताका लागि विभिन्न सहमति भएका छन् । दुबै पार्टीले संविधान संशोधन मुद्दालाई आफ्नो प्रमुख साझा जिम्मेवारी मानेका छन् ।

हेर्नुस् कांग्रेस र लोकतान्त्रिक फोरमको एकता सहमति पत्रः

मुलुकको राजनीतिलाई अधिनायकवादतर्फ धकल्ने प्रयत्न अहिले भईरहेको स्पष्ट छ । यस परिस्थितिमा नेपालको संविधानको लोकतान्त्रिक जगलाई अझ सुदृढ एवं सर्वस्वीकार्य वनाउनु हामी सबैको कर्तव्य हो । नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरम यस कर्तव्यप्रति प्रतिवद्घ रहदै क्रियाशिल रहने संकल्प गर्दछौं । यस परिप्रेक्षमा संविधान निर्माण गर्दा हामी दुई दलहरु समेत वीच भएको १६ वुँदे सहमतिले पनि संविधानलाई थप स्वीकार्य वनाउने आधार प्रदान गरेको कुरा हामी पुन स्मरण गर्न चाहन्छौं । यसै कुरालाई हृदयगंमगर्दै थारु, मधेशी, जनजाती, आदिवासी, महिला, दलित, मुस्लीम र सिमान्तकृत समुदाय लगायतको हक, अधिकार सम्वन्धमा नेपाल लोकतान्त्रिक फोरमले उठाउँदै आएका मुद्दालाई सम्वोधन गर्न नेपाली कांग्रेस सदा झै प्रतिवद्ध छ । यस प्रतिवद्धतालाई मुर्तरुप दिन हामी दुवै दलहरुले संविधान संसोधनको प्रयास व्यवस्थापिका संसदमा ग-यौं । संविधान संसोधन हुन सकेन, आगामि दिनमा यो कार्य सम्पन्न गर्नु हाम्रो साझा जिम्मेदारि हो ।

लोकतान्त्रिक संस्थाहरुलाई अझ सवल वनाउँदै मुलुकलाई समृद्धितर्फ अघिवढाउने विषयमा हामी दुवै दलको समान मान्यता रही आएको छ । साथै, थरुहट र मधेश आन्दोलनको सिलसिलामा गिरफ्तार भएका व्यक्तिहरुको मुद्दा राजनीतिक हो भन्ने नेपाली कांग्रेसले मानिआएको छ । तसर्थ, यस क्रममा बन्दि हुनु भएका निर्दोष नागरिकहरुको मुद्दा फिर्ता गरी रिहाई गर्न सरकारसँग आवश्यक पहल गर्न हामी दुवै दल सहमत छौं ।

माथि उल्लेखित आधारमा नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरम एक आपसमा एकता गर्न सहमत भएका छौं । एकतापछि नेपाली कांग्रेसको सांगठनिक संरचनामा केन्द्र, प्रदेश, जिल्ला, नगर र गाउँसम्मका नेपाल लोकतान्त्रिक फोरम र यसका भातृ/भगिनी संस्थाहरुको संरचना एवं सदस्यहरुको यथोचित समायोजन गर्न हामी दुवै दल सहमत छौ ।

शेरवहादुर देउवा                                                                                                      बिजयकुमार गच्छदार
सभापति, नेपाली कांग्रेस                                                                                  अध्यक्ष, नेपाल लोकतान्त्रिक फोरम

असोज २९, २०७४