११ मंसिर २०८३, शुक्रबार

उपेन्द्र यादवले भने– देउवाले मन्त्रिपरिषद विस्तार गर्नु राजनीतिक अपराध र भ्रष्टाचार हो

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ३० असोज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मन्त्रिपरिषद विस्तारको कडा आलोचना गरेका छन् ।

सोमबार बिराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता यादवले प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको सरकार विस्तारलाई राजनीतिक अपराध एवं भ्रष्टाचार भनेका हुन् । ‘यति ठूलो मन्त्रिमण्डल बनाउनु भनेको अपराध हो, राजनीतिक अपराध हो । राजनीतिक भ्रष्टाचार हो,’ उनले भने ।

संविधानमा २५ वटाभन्दा बढी मन्त्री नबनाउने भनेर लेख्ने र बनाउँदाखेरि जम्बो बनाउने परिपाटी गलत भएको उनको भनाई छ ।

यस्तै यादवले एमाले र माओवादी पार्टीहरु कम्युनिष्ट नभएर ‘कमाउनिष्ट’ भएकाले उनीहरुसँग आत्तिनुपर्ने कुनै कारण भएको टिप्पणी गरे । उनले कांग्रेस र राप्रपालाई चिन्ता नलिन समेत सुझाव दिए ।