२१ कार्तिक २०८३, शनिबार

युवालाई टिकट दिन नेविसंघको माग

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असोज । मंसिरमा सम्पन्न हुने प्रदेस र संघीय सदनको निर्वाचनमा नेपाल विद्यार्थी संघको संगठनमा लामो समयदेखि सक्रिय जुझारु युवालाई २० प्रतिशत उम्मेद्वार बनाउन मातृ पार्टी नेपाली काँग्रेससँग माग गरेको छ ।

नेपाल विद्यार्थी संघले आफ्नो आधिकारिक पत्रमा पूर्व पदाधिकारीहरु र वर्तमान केन्द्रीय समितिका गरी ११३ जनाको नामलाई उम्मेदवार बनाउन पार्टीको संसदीय बोर्ड समक्ष माग गरेको छ । शनिबार विहान संघको मागपत्र बुझाइएको नेवि संघका मुख्य सचिव डिल्लीराज हमालले बताए ।

संघका केन्द्रीय अध्यक्ष नैनसिंह महर, उपाध्यक्ष पुष्पकुमार शाहीलगायतले प्रत्यक्ष निर्वाचन लड्न आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन् । उनीहरुको नाम स्थानीय स्तरबाट सिफारिस समेत भएर आएको छ । केहीले भने समानुपातिकमा दावी गरेका छन् । पार्टीका नेताहरुले नेविसंघको मागपत्रलाई गम्भिरतापूर्वक लिएको र जित्नसक्नेलाई उम्मेदवार बनाइने वचनवद्धता गरेको हमालले बताए ।