१ कार्तिक २०८३, आइतबार

मेलबर्नमा लक्ष्मी जयन्तीमा ‘पर्खि रहेको घर’ बिमोचन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मेलबर्न । भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जनको प्रमुख आतिथ्यतामा मेलबर्नको कोबर्गस्थित बिगबेली रेष्टुरेन्टमा महाकबी लक्ष्मीप्रसाद देबकोटाको १०८ औ जन्म जयन्ती मनाइएको छ ।

दीपावली शुभ–कामना आदान प्रदान र साथमा मेलवर्न निवासी कवियत्री पार्वती पहारी ‘तुफान’द्वारा लिखित दोश्रो कृति ‘पर्खिरहेको घर’को बिमोचन गरिएको छ ।

नेपालीमा एमएड गरेकी कवियत्री पहारीद्वारा यसअघि ‘बाटो छेक्छन जून ताराले’ प्रकाशित गरिसकेकी छिन् ।

अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जनले तिहारको शुभ–कामना ब्यक्त गरे । उनले कवियत्री पार्बती पहारीलाई बिदेशको ब्यस्त जीवनका बाबजुद पनि समय निकालेर निरन्तर साहित्यिक रचना लेख्दै दोश्रो पुस्तक प्रकाशित गरेकोमा बधाई ज्ञापन गरे ।

लुम्बिनी–कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले छन्दमा कविता लेख्न धेरै किसिमका सीमा र नियमभित्र बसेर लेख्नु पर्ने भएकोले गोपालप्रसाद रिमालले गद्यमा कविता लेख्न शुरु गरेपछि नेपाली कविता ईतिहासले नयाँँ मोड लिएको बताए ।