११ मंसिर २०८३, शुक्रबार

झापामा चुनाव लड्न डराए कृष्ण सिटौला, अब समानुपातिक उम्मेदवार

4.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला झापामा प्रत्यक्षतर्फ निर्वाचन नलड्ने भएका छन् ।

कांग्रेस झापाले सिटौलाको नाम प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ क्षेत्र नम्बर ३ बाट सिफारिस गरेको थियो । तर, अब सिटौला प्रत्यक्षतर्फ नभई समानुपातिकबाट चुनाव लड्ने निष्कर्षमा पुगेका छन् । यसका लागि उनले राप्रपासँग तालमेल गर्ने भएका छन् ।

क्षेत्र नम्बर ३ मा कांग्रेसले र राप्रपासँग चुनावी तालमेल गर्न लागेको हो । यहाँ राप्रपाका नेता राजेन्द्र लिङ्देन कांग्रेसको समर्थनमा प्रत्यक्षतर्फ चुनाव लड्नेछन् ।

केन्द्रमा कांग्रेस र राप्रपाबीच सत्ता साझेदारका रुपमा सहकार्य भएपछि जिल्लामा पनि तालमेलको संकेत देखिएको छ ।