काठमाडौं, २९ असोज । संसदको कार्यकाल समाप्त भएसँगै नेकपा एमाले देशको पहिलो दल बनेको छ ।
भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनको नतिजाले कांग्रेसलाई उछिन्दै एमाले शनिबार राति १२ बजेदेखि पहिलो दल बनेको हो ।
एमाले अध्यक्ष केपी ओलीले आज विहान आयोजित कार्यक्रममा एमाले अब देशको प्रमुख दल भएको घोषणा गरिसकेका छन् ।
यस्तो बेला एमालेकी चर्चित नेतृ एवं पूर्व सांसद शान्ता चौधरीले आफ्नो पार्टी ठूलो बनेकोमा सबैलाई बधाई र धन्यवाद दिएकी छन् ।
उनले एमालेलाई पहिलो बनाएकोमा जनतालाई धन्यवाद दिँदै एमालेले देशलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउने स्पष्ट पारिन् । ‘जनतासँग गरेका वाचा एमालेले पूरा गर्छ,’ उनले भनिन् ।











प्रतिक्रिया