बाँके, २९ असोज । आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमाले बाँकेबाट युवा नेताहरु सिफारिसमा परेका छन् । देश आर्थिक समृद्धिको दिशातर्फ अघि बढिरहेका बेला एमाले बाँकेले अहिलेका निर्वाचित सांसदलाई समेत ‘पन्छाएर’ युवाहरुलाई उम्मेदवारीका लागि केन्द्रमा सिफारिस गरेको हो । केन्द्रले समेत युवाहरुको आवश्यकता महसुस गरी उनीहरुलाई नै टिकट दिने प्रबल सम्भावना रहेको बताइन्छ ।
क्षेत्र नम्बर १ मा युवा नेता सूर्य ढकालको सम्भावना
एमाले बाँकेले क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि ३ जना सूर्य ढकाल, मौसम कोइराला र भारती खनाललाई सिफारिस गरेको छन् । जसमा युवा नेता ढकालको टिकट पाउने प्रबल सम्भावना छ ।
२०४५ सालदेखि निरन्तर राजनीतिमा सक्रिय ढकाल अनेरास्वियुको बाँके जिल्ला अध्यक्ष, भेरी अञ्चल अध्यक्ष र केन्द्रीय सदस्य भइसकेका व्यक्ति हुन् । त्यस्तै, युवा संघ नेपालको केन्द्रीय सचिव, उपाध्यक्ष र कार्यबाहक अध्यक्ष भएर कार्यसम्पादन गरिसकेका छन् ।
अहिलको जनताको आवश्यकता समाजलाई जबरजस्त परिवर्तन गर्नसक्ने, समृद्धिको दिशातिर लैजाने र अहिलेको आवश्यकतालाई सम्बोधन गर्नसक्ने र त्यो मुद्दालाई सम्बोधनका गर्नका लागि युवाहरुको माग भएकाले बाँकेको अपेक्षा पनि यही भएको र अबको परिवर्तनको जिम्मेवारी युवाहरुलाई दिनुपर्छ भन्ने आवाज उठिरहेको बेला पार्टीले ढकाललाई नै टिकट दिने चर्चा एमाले वृतमा छ ।
बाँके क्षेत्र नम्बर १ एमालेको जनआधार भएको क्षेत्र, राजनीतिमा लामो समयदेखि काम गरेकाले त्यहाँको जनआधार र भुगोलको बारेमा, त्यहाँको वस्तुगत अवस्थाको बारेमा बुझेकाले ढकालले नै टिकट पाउनुपर्ने र उनको जित सुनिश्चित रहेको एमाले कार्यकर्ताहरु बताउँछन् ।
यता समाज परिवर्तन गर्नुपर्ने, समृद्धिको मुद्दालाई उठाउनुपर्ने र नेकपा एमालेको सरकार बन्नुपर्ने अहिलेको प्रमुख आवश्यकता बताउने ढकाल जित्नैपर्ने उम्मेदवारलाई टिकट पार्टीले दिनेमा आशावादी छन् । शिक्षा, स्वास्थ्य र रोजगार आफ्नो एजेण्डा भएको बताउने ढकालले यसलाई मौलिक अधिकारको रुपमा स्थापित गर्ने अठोट लिएका छन् ।
गएको संविधानसभा निर्वाचनमा हिजो निर्वाचित सांसदभन्दा युवाहरु जानुपर्छ भन्ने भावनाले जिल्ला कमिटीले युवालाई प्राथमिकता दिएको र केन्द्रमा पनि प्राथमिकता पाउनेमा ढकाल विश्वस्त छन् ।
एमाले केन्द्रीय कार्यालय स्रोतका अनुसार बाँके क्षेत्र नम्बर एकबाट मौसम कोइराला र भारती खनालको नाम पनि उम्मेदवारीका लागि सिफारिस भएपनि ढकाललाई नै टिकट दिने तयारी भइरहेको बुझिएको छ ।
क्षेत्र नम्बर ३ मा कसको सम्भावना ?
प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी सिफारिसमा बाँके क्षेत्र नम्बर ३ मा पनि युवालाई नै प्राथमिकता दिएको छ । यहाँ युवा नेता कमल बस्नेतसहित नन्दलाल रोकाया र एकता शाह सिफारिस भएका छन् । उम्मेदवारको दौडमा रहेका २०७० सालको चुनावमा प्रत्यक्ष निर्वाचित सांसद दलबहादुर सुनार प्रतिस्पर्धाबाटै आउट भए । सुनारलाई विस्थापित गर्दै युवा नेता बस्नेत उम्मेदवारको दौडमा सम्भावित व्यक्ति हुन् ।
विद्यार्थी राजनीतिबाट आएका बस्नेत अमृत साइन्स क्याम्पसको सभापति, स्ववियु सभापति भई अनेरास्ववियु केन्द्रीय कमिटीसम्म पुगी अहिले त्यहाँबाट विदा भएर जिल्ला कमिटीमा युवाको इन्चार्जको भुमिका निभाइरहेका छन् ।
एमाले जिल्ला कमिटी बाँकेको प्राथमिकतामा परेका बस्नेत उम्मेदवार भएको र जितेको हेर्ने चाहना यहाँका अधिकांश कार्यकर्ता र जनताको रहेको छ । अब साच्चै यो देश युवाले हाक्नुपर्छ, पोलिटिक्सलाई ड्राइभ गर्नुपर्छ भन्ने युवाहरुको मागका कारण उम्मेदवारको दौडमा होमिएका बस्नेतलाई पार्टीले ससम्मान टिकट दिनेमा त्यसक्षेत्रका कार्यकर्ता विश्वस्त छन् ।
मधेसी, थारुहरु सबै खालको समुदायको बसोबास रहेको बाँकेको यो क्षेत्रलाई मिलाएर लैजान, जित्नका लागि बस्नेतको निर्विकल्प भएको जित्न र हाक्न सक्ने भएकाले उनले टिकट पाउने बताइन्छ ।
टिकट पाउनेमा ढुक्क भएर चुनावको तयारीमा लागिरहेका बस्नेतले शिक्षा, स्वास्थ्य रोजगारमात्र नभई युवाहरु उद्यमशील बनाउनुपर्छ, रोजगारी होइन् कि उद्यमशीलता सुधार्नुपर्छ भन्ने प्रमुख एजेण्डा बोकेका छन् । रोजगारी दिनेभन्दा पनि रोजगारी निर्माण गर्नुपर्छ, युवाहरुले अरुको रोजगारी गर्दै जाने भन्दा पनि रोजगारी सिर्जना गर्नेतर्फ उद्यमशील बनाउनुपर्ने उनको बुझाई छ । सिक्टा सिचाई आयोजना, बबई डाइभर्सनको पानी उपयोग गरेर कृषिमा सम्पन्न बाँके बनाउने उनको सपना रहेको छ ।


















प्रतिक्रिया