काठमाडौं, २९ असोज । संविधानसभाबाट रुपान्तरित भई बनेको व्यवस्थापिका संसद्को शनिबार बसेको अन्तिम बैठकमा प्रमुख दलका शीर्ष नेताहरूले सम्बोधन गरे ।
अपराह्न ३ बजेर २५ मिनेटमा सुरु बैठकमा प्रमुख तीन दलसहित संसदमा प्रतिनिधित्व गर्ने २३ नेताले सम्बोधन गरे । नागरिक दैनिकले समाचार छापेको छ ।
सम्बोधनका क्रममा नेताहरूले विगतको समीक्षाभन्दा बर्तमान रानीतिक विषयवस्तुमै आफ्नो अभिव्यक्ति केन्द्रित गरे ।
कांग्रेस र एमालीका नेताबीच मन्त्रिपरिषद विस्तारको विषयमा घोेचपेच चल्यो ।
संविधानसभाबाट संविधान जारी गर्दा प्रमुख दलहरूबीच जुन एकता देखिएको थियो त्यो शनिबार बसेको संसद्को अन्तिम बैठकमा भने देखिएन ।












प्रतिक्रिया