काठमाडौं, २८ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन गराउने बेला मन्त्री थपेर के गर्न खोजेको भनी प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रश्न गरेका छन् ।
संसदको अन्तिम बैठकमा बोल्दै अध्यक्ष ओलीले निर्वाचन गराउनका प्रधानमन्त्री अर्थमन्त्री र कानूनमन्त्री भए पुग्ने भन्दै मन्त्री थप्नुपर्ने कारण के हो, कुस्ती खेल्न त होइन होला ? भनी प्रश्न गरेका हुन् ।
उनले प्रधानमन्त्रीलाई सोधे- म सोध्न चाहन्छु तपाईलाई थप मन्त्री किन चाँहियो । नेपाली जनताले कर तिरेको पैसासँग यो खेलवाड । संसदीय अभ्यासमा यस्तो देख्दा लाज भयो ।
सरकार कानूनभित्र बस्नुपर्ने, आचारसंहिताको उल्लंघन गर्न नपाउने भन्दै उनले प्रधानमन्त्री देउवालाई निर्वाचन गराउन ५६ जनाले पुगेन् भन्दै चेतावनी दिए ।
उनले निर्वाचन गराउन एमालेले प्रतिपक्षी बसेरै सरकारलाई सहयोग पर्ने पनि स्पष्ट पारे ।











प्रतिक्रिया