११ मंसिर २०८३, शुक्रबार

सेनाको प्रवक्तामा हेरफेर, सहायक रथी दाहालले पाए जिम्मेवारी

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, २८ असोज । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी नैनराज दाहालले पाउनुभएको छ ।

पूर्वी पृतनामा चिफ अफ स्टाफ रहनुभएका सहायक रथी दाहाललाई नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी दिएको हो ।

हालका प्रवक्ता झंकरबहादुर कडायतले सहायक रथी दाहाललाई केही दिनपछि प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गर्नुहुनेछ ।

सहायक रथी कडायतको सुदूरपश्चिम पृतनामा सरुवा भएको छ । – रासस