२१ कार्तिक २०८३, शनिबार

चीनसँगको सीमा नाकामा सुरक्षा व्यवस्था मजबुत

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा, २८ असोज । नेपाल चीन उत्तरी नाका रसुवागढी क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत पारिएको छ ।

प्रमुख व्यापारिक नाकाका रुपमा स्थापित रसुवागढी क्षेत्रमा व्यापारिक चहलपहल बढ्दै गएकोले आवश्यक सुरक्षा जनशक्ति बजबुत पारिएको प्रहरी प्रमुख शरतकुमार थापाले जानकारी दिनुभयो ।

दैनिक ट्रक कन्टेनर गुड्ने, सडकको अवस्था साँघुरो भए पनि ट्राफिक व्यवस्थापनलाई समेत क्रमशः समाधान गर्दै लगिएको बताइएको छ ।

सीमा क्षेत्रको सुरक्षाका लागि नेपाल प्रहरीको अलावा सशस्त्र प्रहरीसमेत तैनाथ रहेको सहायक प्रमुख जिल्ला अधिकारी स्मिता पौडेलले बताउनुभयो । – रासस