१५ कार्तिक २०८३, आइतबार

मुख्य मन्त्रीको तलब कति, के–के पाउँछन् सुविधा ?

4.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असोज । प्रदेश प्रमुखहरूले मासिक ६४ हजार तलब पाउने भएका छन् भने मासिक रुपमा ४० हजार अतिथि सत्कारको लागि पाउनेछन् ।

व्यवस्थापिका संसदको शुक्रबारको बैठकले प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक बहुमतले पारित गरेको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

विधेयकअनुसार, प्रदेश प्रमुखलाई सरकारी आवास र गाडी तथा सचिवालयसहितको सुविधा दिइएको छ ।

मासिक ६४ हजार पारिश्रमिक, ४० हजार अतिथि सत्कार खर्च र वार्षिक १८ हजार रुपैयाँ पोसाक भत्ता पाउने व्यवस्था गरिएको छ ।

त्यस्तै, प्रदेश प्रमुखलाई १५ लाखको बीमा सुविधा दिइएको छ भने, भ्रमण भत्तामा स्वदेशभित्र दैनिक तीन हजार रुपैयाँ र विदेशमा तीन सय अमेरिकी डलर दिने व्यवस्था गरिएको छ ।

प्रदेश प्रमुखले एक दर्जन कर्मचारीसहितको सचिवालय राख्न पाउनेछन् । भने निजी चिकित्सक तथा विज्ञ पनि नियुक्त गर्न पाउनेछन् ।