११ मंसिर २०८३, शुक्रबार

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद विस्तार, कमल थापा बने उपप्रधानमन्त्री

4.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

सत्ता साझेदार नेकपा माओवादी केन्द्रले विपक्षी एमालेसँग गठबन्धन गरेपछि देउवाले शुक्रबार साँझ राप्रपालाई सरकारमा सहभागी गराएका हुन् ।

राप्रपाबाट जयन्त चन्द, दिलनाथ गिरी, विक्रम थापा विनाविभागीय मन्त्री नियुक्त भएका छन् । यस्तै कुन्ती साही, भास्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराई राज्यमन्त्री नियुक्त भएका छन् । मन्त्रालय तोकिएको छैन ।

नवनियुक्त मन्त्रीहरुको नाम राष्ट्रपतिसमक्ष पठाइएको छ । नवनियुक्त मन्त्रीहरुको सपथ भोलि हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।