काठमाडौं । विदेशको पीआर र ग्रिनकार्ड लिएर नेपाल सरकारको जागिर खाने कर्मचारीलाई सरकारका मन्त्रीले नै संरक्षण गर्न लागेको बुझिएको छ।
सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पीआर लिने कर्मचारीलाई कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाउँदै कारबाहीको प्रक्रिया अघि बढाइरहेका बेला सरकारकै मन्त्री र केही उच्च तहका कर्मचारीहरुले त्यस्ता कर्मचारीको संरक्षण गर्न लागेका हुन्।
स्रोतका अनुसार गृहमन्त्री वामदेव गौतम, तथा अर्थमन्त्री रामशण महतले आफूलाई मन परेका पीआर होल्डर कर्मचारीलाई कारबाही नगराउन पहल गरेका छन्।
गृह मन्त्रालयका उप सचिव धनराज ज्ञवालीलाई गृहमन्त्री गौतमको सरंक्षण भएकाले पीआर लिएको थाहा भएर पनि कारबाही हुन नसकेको स्रोतको दावी छ। उनले अष्ट्रेलियाको पीआर लिएका छन्।
अर्थमन्त्री रामशरण महतले यस अघि ग्रिनकार्ड लिने कर्मचारीको कारबाही हुन नसक्ने बताएका थिए। अझै पनि महत कारबाही रोक्न सक्रिउ छन्। उनले अष्ट्रेलियाको पीआर लिएका राजस्व अनुसन्धान विभागका निर्देशक भरत सुवेदीलाई बढुवा भएपछि महानिर्देशक बनाउन पहल गरेका थिए। तर सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उनलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गर्न निर्देशन दिएको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।















प्रतिक्रिया