२ कार्तिक २०८३, सोमबार

डीआईजी सर्वेन्द्र खनालले जिते अन्तर्राष्ट्रिय अवार्ड, मलेसियामा यसरी गरियो सम्मान

12.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असोज । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआईजी सर्वेन्द्र खनालले अन्तर्राष्ट्रिय अवार्ड जितेका छन् ।

नेपाली फुटबलमा रहेको म्याच फिक्सिङको अनुसन्धानमा पुर्याएको योगदानका लागि एशियन फुटबल कन्फेडेरेसन (एएफसी) ले महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालिन प्रमुख खनाललाई शुक्रबार मलेसियाको क्वालालम्पुरमा आयोजित एक समारोहमा सम्मानित गरेको हो ।

खनालसँगे म्याच फिक्सिङ अनुसन्धानमा सहयोगी भुमिका खेलेका डीएसपी सुदीपराज पाठक पनि सम्मानित भए । दुबै जनालाई सम्मान पत्र प्रदान गर्दै एएफसीका महासचिव डाडो विन्डसोरजोनले म्याच फिक्सिङ पत्ता लगाएर एशियाली फुटबल जगतलाई अनुशासित राख्न योगदान गरेको भन्दै नेपाल प्रहरीलाई धन्यवाद दिए । ‘हामी नेपाल प्रहरी र नेपाल सरकारबाट निरन्तर यस्तो सहयोगको अपेक्षा राख्दछौं,’ उनले भने ।

अपराध महाशाखाको प्रमुख हुँदा सर्वेन्द्र खनालले नेपाली फुटबलमा रहेको म्याच फिक्सिङ पत्ता लगाई बाहिर ल्याएका थिए । तत्कालीन नेपाली फुटबल टोलीका स्टार खेलाडीहरु सागर थापा, विकास क्षेत्री, सन्दीप राई, रितेश थापा तथा सहायक प्रशिक्षक अन्जन केसीलाई प्रहरीले पक्राउ गरी म्याच फिक्सिङमा रहेको पुष्टि गरेपछि एएफसीले २०७२ असोजमा उनीहरुमाथि आजीवन प्रतिबन्ध लगाएको थियो ।