११ मंसिर २०८३, शुक्रबार

मन्त्रीलाई कालोमोसो दल्न गएका विद्यार्थी र कर्मचारीबीच मन्त्रालयमै फाइट पर्यो

7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असोज । शिक्षा ऐन नवौं संशोधन विधेयकमा कडा विरोध जनाउँदै उपप्रधान तथा शिक्षामन्त्री गोपानमान श्रेष्ठलाई कालोमोसो दल्न गएका विद्यार्थीहरु र शिक्षा मन्त्रालयका कर्मचारीबीच मन्त्रालयमै झडप भएको छ ।

शुक्रबार दिउँसो शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई कालोमोसो दल्न पुगेका विद्यार्थीहरुलाई कर्मचारीहरुले रोक्न खोजेपछि झडप भएको प्रहरीले जनाएको छ ।

कर्मचारीहरुले विद्यार्थीहरुलाई रोकेपछि झडप भएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए । विद्यार्थी र कर्मचारीबीच झडप भएपछि प्रहरीले छुट्याएको थियो ।

यस अघि विभिन्न विद्यार्थी संगठनहरुले शिक्षामन्त्री श्रेष्ठलाई सार्वजनिक बहिष्कार गर्ने र मन्त्रीका कार्यक्रममा अवरोध गर्ने निर्णय गरेका थिए ।