२ कार्तिक २०८३, सोमबार

विश्व क्रिकेट लिग च्याम्पियनसिपः नेपाल हङकङसँग ८३ रनले पराजित

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असोज । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको छ ।

शुक्रबार हङकङको टिन क्वोङ रोड रिक्रियशन मैदानमा भएको खेलमा टस हारेर व्याटिंगको निम्तो पाएको हङकङले नेपालमाथि ८३ रनको जित हासिल गर्यो ।

हङकङले ५० ओभरमा सबै विकेट गुमाउँदै १ सय ९४ रन बनाएको थियो । जवाफी व्याटिङमा गरेको नेपालले ३४.५ ओभरमा १११ रन जाड्दै अल आउट भयो ।

नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक २६ रन बनाए । यसअघि हङकङका जेमी एट्किन्सनले सर्वाधिक ७६ रन बनाएका थिए ।

विकेटतर्फ नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए भने हङकङका लागि एहेसान खानले ५ विकेट झारेका थिए ।

नेपालले आइतबार हङकङसँग दोस्रो खेल खेल्ने कार्यतालिका छ । त्यसपछि यूएईसँग खेल्नेछ । आजको हारसँगै नेपाल विश्वकप छनोटमा पर्ने सम्भावना क्षिण बन्दै गएको छ ।