
काठमाडौं, २७ असोज । काठमाडौं–निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणका लागि भारतीय कम्पनीले तयार पारेको विस्तृत प्रतिवेदन अध्ययन (डीपीआर) नेपालले किन्ने भएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले डीपीआर अध्ययन गरी मूल्य सिफारिस गर्ने जिम्मेवारी फास्ट ट्रयाक निर्माण निर्देशक समितिलाई दिएको हो । भारतीय कम्पनी इन्फ्रास्ट्रक्चर लिजिङ एण्ड फाइनान्सियल सर्भिसेस (आईएल एण्ड एफएस)ले डीपीआर बनाएको छ ।
सुरुमा द्रुतमार्ग निर्माण जिम्मा पाएको यो कम्पनीले डीपीआरसमेत तयार गरिसकेका बेला तत्कालिन सरकारले ठेक्का रद्ध गरी द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । आफूबाट ठेक्का खोसिएपछि भारतीय कम्पनीले आफूले बनाएको डीपीआर किन्नुपर्ने शर्त अघि सारेको थियो । यो शर्तलाई स्वीकार्दै नेपाल सरकारले किन्ने निर्णय गरेको हो ।











प्रतिक्रिया