काठमाडौं, २७ असोज । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री लोकेन्द्रबहादुर विष्टले पार्टी परित्याग गरेका छन् ।
पर्यटन विभाग इन्चार्जसमेत रहेका विष्ट माओवादी केन्द्रबाट पर्यटनमन्त्री भइसकेका छन् । उनले शुक्रबार पार्टी अध्यक्ष प्रचण्डमाथि गम्भीर आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन् ।
यस्ता छन् विष्टका आरोपः
– माओवादी आन्दोलनको सपना आंशिक पूरा भएपनि अबको माओवादीले सपना पूरा गर्न नसक्ने भएकाले सर्वसाधारण नागरिक भएर बस्ने ।
– हिजोको क्रान्ति केका लागि थियो भन्ने जनताको प्रश्नको जवाफ पार्टीमै रहिरहेर दिन सक्ने अवस्था नभएको ।
– पार्टीभित्र मूल्याङकन र व्यवस्थापन हुन नसकेको, सत्ता राजनीतिको फोहोरी खेलले जनतामा बितृष्णा जगाएको, माओवादी विभाजन र एकताले आत्मिएता हराएको ।
– पार्टीभित्र सधैभरी कुर्चिमा बसिरहनुपर्ने बनाउने भन्दा पनि भत्काउनेमा जोड दिइएको ।
– एमाले माओवादी लगायतका दलहरुबीच भएको गठबन्धनलाई आफ्नो पार्टी परित्यागको सहायक कारण ।















प्रतिक्रिया