काठमाडौं, २७ असोज । पूर्वी नेपालसँग सीमा जोडिएको भारतीय सहर दार्जिलिङ फेरि तनावग्रस्त बनेको छ । यहाँको तकभर क्षेत्रमा शुक्रबार बिहान सुरक्षाकर्मी र गोर्खाल्याण्डका अगुवा विमल गुरुङ पक्षधर प्रदर्शनकारीबीच झडप हुँदा प्रहरी इन्सपेक्टरसहित २ जनाको ज्यान गएको छ ।
विमल गुरुङलाई लक्षित गरी सुरक्षाकर्मीले शुक्रबार बिहानैदेखि खोजी अभियान तीव्र पारेपछि भएको झडपमा परी प्रहरी इन्स्पेक्टर अमिताभ मल्लिकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । झडपमा मारिएका आन्दोलनकारीको सनाखत भएको छैन । घटनामा दर्जन बढी घाइते छन् । आन्दोलनकारीले सुरक्षाकर्मीको गाड़ी पनि तोडफोड गरेका छन् ।












प्रतिक्रिया