११ मंसिर २०८३, शुक्रबार

अन्नपूर्णमा बस दुर्घटना, छजना घाइते

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

पोखरा, २७ असोज । पोखरा—बागलुङ राजमार्गअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ पाउदुरमा बिहीबार भएको बस दुर्घटनामा छजना घाइते भएका छन् ।

बागलुङबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ८९३६ नम्बरको बस सडकबाट लगभग १० मिटर तल भिरमा खस्दा बसमा यात्रा गर्ने २३ जनामध्ये छजना घाइते भएको नेपाल प्रहरी प्रदेश नं ४ कार्यालयका प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

बस दुर्घटनामा घाइते हुनेमा पर्सा जिल्ला रानिघाटका ४१ वर्षीय बट्टु शाह, पर्वत कुष्मा नपाका–४ का २६ वर्षीया सोनी गुरुङ, सोहीस्थानका ३२ वर्षीय विक्रम गुरुङ, अन्नपूर्ण गाउँपालिका–६ का २८ वर्षीया सम्झना विक, कुष्मा नगरपालिका– ५ का २८ वर्षीय रामु परियार र रौतहट भवानीपुर–९ का ५० वर्षीय विन्देश्वर साह रौनियार रहेका छन् ।

घाइतेको पोखरास्थित फिस्टेल अस्पतालमा उपचार भइरहेको छ । बस रुखमा अड्किएका कारण ठूलो जनधनको क्षतिबाट जोगिएको प्रहरीले जनाएको छ । – रासस