१५ कार्तिक २०८३, आइतबार

वन राज्यमन्त्रीले देखाइन् ‘पावर’, जरिवाना तिर्न अटेर

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असोज । नेपालमा मेन पावर व्यवसायमा उच्च तहका राजनीतिक र प्रशासनिक निकायसँग पहुँच बनाएका व्यक्तिको संलग्नता नौलो होइन ।

उच्च तहका राजनीतिक र प्रशासनिक नेतृत्वसँग पहुँचको आधारमा धेरैले चलाइरहेको मेनपावर व्यवसायमा मन्त्री समेत सामेल भएको नयाँ तथ्य फेला परेको छ । नागरिक दैनिकले समाचार छापेको छ ।

मेन पावर व्यवसायमा उच्च तहको व्यक्तिको संलग्नता खुल्ने क्रममा वन तथा भूसंरक्षण राज्यमन्त्री कमलादेवी शर्माले मेन पावर सञ्चालन गरिरहेकी छन् ।

राप्रपा नेतृ समेत रहेकी शर्माले मन्त्रालयको जिम्मेवारी सम्हाले पनि मेनपावरको जिम्मेवारी छाडेकी छैनन् ।

बरु उनले पदको आडमा वैदेशिक रोजगार विभागले तोकेको जरिवाना तिर्न अटेरी गरिरहेकी छन् ।