११ मंसिर २०८३, शुक्रबार

एनआरएनए अध्यक्षमा जमुना गुरुङको उम्मेदवारी घोषणा

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा जमुना गुरुङले उम्मेदवारी दिने घोषणा गरेकी छन् । अष्ट्रेलियाका धनाड्यहरुको सूचीमा परेकी जमुना हालका अध्यक्ष शेष घलेकी पत्नी हुन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर गुरुङले उम्मेदवारीको घोषणा गरेकी हुन् । एनआरएनएको आठौं विश्व सम्मेलन एवं महाधिवेशन शनिबारबाट काठमाडौं सुरु हुँदैछ ।

‘विश्वभरीबाट आउनु भएका डेलिगेट्सहरुको आग्रह एवं गैरआवासीय नेपाली संघका मुख्य स्केटहोल्डरहरुको विश्वास र अपेक्षालाई निरन्तरता दिनुपर्ने आवश्यकतालाई ध्यान दिँदै मैले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेकी छु’ उनले भनेकी छन् ।

गुरुङले उम्मेदव एनआरएनएले निर्माण गरिरहेका मेगा प्रोजेक्टलाई समयमै सम्पन्न गर्ने, ‘भिजन २०२० एण्ड बियोण्ड’लाई सफल कार्यन्वयन गर्न योजना अघि सारेकी छन् ।

साथै आफ्नो उम्मेदवारीलाई एउटी नेपाली नारीले संस्थाको नेतृत्वका लागि देखाएको सकारात्मक पहलका रुपमा हेरिदिनुहुन अनुरोध समेत गरेकी छन् ।