२१ कार्तिक २०८३, शनिबार

विकट बस्तीमा सेनाको स्वास्थ्य शिविर

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भीमदत्तनगर, २५ असोज । कञ्चनपुरको भीमदत्तनगरपालिका–९ ब्रह्मदेवस्थित खल्लामसेटीमा बुधबार नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन ग-यो ।

सडक, बिजुली, खानेपानी, स्वास्थ्य सेवालगायत पूर्वाधारबाट वञ्चित खल्लामसेटीका स्थानीयवासीको सेनाले घरदैलोमै औषधिसहित स्वास्थ्य जाँच गरेपछि स्थानीयवासी हर्षित भएका छन् ।

“गाउँमा बिरामी पर्दा ओसारपसारका लागि राखिएका स्टे«चर पनि बिग्रिएर थन्किएको छ,” सेनाको चिकित्सक टोलीले जाँच गरेपछि घर फर्किंदै गरेका स्थानीय पदमसिंह कार्कीले भन्नुभयो – “हामीलाई बिरामी हुँदा उपचारका लागि जाने न सडक छ न त कुनै अन्य उपाय नै ।”

“गाउँमै औषधिसहित सेनाले स्थानीय बासिन्दालाई ठूलो सहयोग गरेको यो पहिलो पटक नै हो,” उहाँले भन्नुभयो – “कसैले ध्यान नपु-याएको वस्तीमा आज सेनाले मल्हम लगाएको छ ।”

नेपाली सेनाका चिकित्सक सहसेनानी डा अशोक बस्नेतले स्वास्थ्य परीक्षणका क्रममा ग्यास्ट्रिक, हातखुट्टाका जोर्नीहरु दुख्ने, कान, आँखाको बिरामी बढी संख्यामा भेटिएको बताउनुभयो ।

मौसमी ज्वरोका साथै पिसाब पोल्ने, टाउको दुख्नेलगायत रोगहरुका बिरामीलाई शिविरमा जाँच गरी औषधिसमेत वितरण गरिएको डा बस्नेतले बताउनुभयो । स्वास्थ्य शिविरमा डा बस्नेतसँगै सेनाका सह–सेनानी डा भोला बोहरा र महाकाली अञ्चल अस्पतालका डा नशरुल अन्सारीलगायत स्वास्थ्यकर्मीको टोली खटिएको थियो ।

भीमदत्तनगरस्थित सेनाको सिंहशार्दुल गुल्म र श्री नं २५ फिएको संयुक्त आयोजनाको भएको स्वास्थ्य शिविरमा पुरुष, महिला र बालबालिका गरी ३३७ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएको सेनाले जनाएको छ ।

सिंहशार्दुल गुल्मका गुल्मपति सेनानी विशाल सिंहले समाजमा केही सकारात्मक काम गर्ने ध्येयले स्वास्थ्य शिविर आयोजना गरिएको बताउनुभयो ।