अमेरिका । अमेरिकाको बाल्टिमोरमा २३ वर्षीय नेपाली विद्यार्थी प्रसिद्ध कँडेलको मृत्यु भएको छ ।
१५ महिना अगाडि विद्यार्थी भिसामा अमेरिका गएका काठमाडौं शंखमुलका कँडेलले आत्महत्या गरेको आफन्तले जनाएका छन् । उनले आत्महत्या गर्नुको कारण खुल्न सकेको छैन ।
प्रसिद्ध कँडेल जेठा छोरा हुन् । उनी १५ महिना अगाडि अलाबामाको विश्वविद्यालयमा अध्ययनका लागि अमेरिका आएका थिए ।
८ महिना अगाडि उनले बाल्टिमोरमा कलेज ट्रान्सफर गरेका थिए । उनी अप्रिलदेखि बाल्टिमोरको सीसीबीसी कलेजमा अध्ययनरत थिए ।















प्रतिक्रिया