२१ कार्तिक २०८३, शनिबार

राजविराज नगर कार्यपालिकामा राजपा र फोरमको प्यानल विजयी

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर (सप्तरी), २५ असोज । राजविराज नगर कार्यपालिकाको सदस्यका लागि भएको मतदानमा राजपा र फोरमको प्यानल नै विजयी भएको छ ।

कार्यपालिकाको मतदानबाट दलित तथा अल्पसंख्यकतर्फ तीन जनाका लागि भएको चुनावमा राजपाका प्रमोद कुमार कावरा ७० मत, राजपाका विपिन करण ५८ र फोरम नेपालका शिव नारायण साफीले ५३ मत ल्याएर विजय भएका छन् ।

यसैगरी पाँच जना महिला सदस्य विजय भएका छन् । राजपाका रूकसना खातुनले ६७, राजपाका सतादेवी मण्डलले ६५ र फोरम नेपालका शुभकला रजक ६० मत ल्याई विजयी भएका छन् ।

यसैगरी फोरमका अनितादेवी चौधरीले ६१ र फोरमका फुदनीदेवी रामले ५८ मत ल्याई विजय भएको मुख्य नर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचित आठ जना सदस्यलाई मुख्य निर्वाचन अधिकृत शारदा कोइरालाले शपथ ग्रहण गराउनुभयो । रासस