काठमाडौं, २५ असोज । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको विरोधमा महासंघले बुधवार विहानैबाट आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिएको छ । जसअन्तर्गत आज विहान ९ बजे माइतीघर मण्डलाबाट नयाँ बानेश्वर सम्म विरोध र्याली निकालियो ।
वानेश्वरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै महासंघका कार्यावाहक अध्यक्ष विष्णुभाई श्रेष्ठ र सल्लाहकार सुकुन्तलाल हिराचनले गौचन हत्याकाण्डमा संलग्नलाई तत्काल पक्राउ गरी कडा कार्र्वाही गर्न माग गर्नुभयो ।
देशभरका निर्माण व्यवसायीहरालाई सुरक्षाकाको पूर्ण प्रत्याभूति दिलाउन समेत उहाँहरुले सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । हत्यारा पत्ता नलगाए महासंघले उपत्यका बन्द देखि नेपाल बन्द समेत गर्ने भएको छ ।













प्रतिक्रिया