कास्की, २५ असोज । कास्कीमा ड्रोनसहित रसियन नागरिक पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार अन्नपूर्ण गाउँपालिका–७ बिरेठाँटीस्थित ड्रोन क्यामेरा उडाई रहेका अवस्थामा ड्रोन क्यामरा सहित २५ वर्षीय रसियन नागरिक डेबिट जेरोइज्मनलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया