धादिङ, २४ असोज । धादिङको नीलकण्ठ नगरपालिका वडा नं १२ सांकोष पशुपति डाँडामा मंगलबार दिउँसो बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् । घाइते मध्ये ७ को अवस्था गम्भीर छ ।
गम्भीर घाईतेलाई जिल्ला अस्पताल धादिङमा उपचारपछि थप उपचारका काठमाडौँ पठाइएको प्रहरीले जानकारी दिएको छ । उत्तरी धादिङको गुम्दीबाट धादिङबेसी आउँदै गरेको बा ३ ख ४७८ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको हो ।
अन्य घाइतेको जिल्ला अस्पताल धादिङबेसीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । दुर्घटनामा घाईते भएकाहरुको सनाखत हुन सकेको छैन ।













प्रतिक्रिया