२ कार्तिक २०८३, सोमबार

माओवादी नेता लेखराज भट्टले भ्रष्टाचार गरेको आरोप, प्रचण्डकहाँ पुग्यो कुरो (पत्रसहित)

10.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असोज । नेकपा माओवादी केन्द्र ७ नम्बर प्रदेशका इञ्चार्ज तथा पूर्वमन्त्री लेखराज भट्टले भ्रष्टाचार गरेको आरोप लागेको छ ।

स्थानीय तह निर्वाचनका बेला बेला पार्टीको केन्द्रीय कार्यालयबाट लिएको रकम खर्चमा प्रदेश इञ्चार्ज लेखराजले अनियमितता गरेको आरोप लागेको हो ।

नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य तथा ७ नम्बर प्रदेशका प्रभावशाली नेता खगराज भट्टले लेखराजमाथि यस्तो आरोप लगाएका हुन् ।

नेता खगराज भट्टले पार्टी अध्यक्ष प्रचण्डलाई पत्र लेख्दै ७ नम्बर प्रदेशका इञ्चार्ज लेखराजलाई ‘कारबाही’ गर्न समेत आग्रह गरेका छन् ।

आगामी निर्वाचनमा पार्टीलाई जिताउन आफूलगायत अन्य नेताले पार्टीको नीतिअनुसार नै काम गरिरहे पनि प्रदेश इञ्चार्ज लेखराजको तर्फबाट इमान्दारिता नदेखिएको खगराजको भनाइ छ । ‘पार्टी निर्माण तथा आगामी निर्वाचनमा विजय सुनिश्चित गर्न हाम्रो तर्फबाट इमान्दारितापूर्वक कोशिश भए पनि प्रदेश इञ्चार्जको इमान्दारिता नदेखिएको गम्भीर अनुभूति भएको छ,’ पार्टी अध्यक्ष प्रचण्डलाई लेखेको पत्रमा खगराज भट्टले भनेका छन् ।

स्थानीय तह निर्वाचनका लागि भनेर पार्टी केन्द्रकाट आएको रकमको हिसावकिताव प्रदेश इञ्चार्ज लेखराज भट्टले अहिलेसम्म पनि पार्टीका अन्य नेतासमक्ष सार्वजनिक नगरेकाले आगामी निर्वाचनमा पनि आर्थिक अपचलन हुने खगराजले चिन्ता प्रकट गरेका छन् ।

नेता खगराजले प्रदेश इञ्चार्जले पार्टीभित्र गुटबन्दी गरेको समेत आरोप लगाएका छन् । पार्टी प्रदेश कार्यालयको हालै सम्पन्न बैठकमा निर्वाचन केन्द्रित विभिन्न समितिहरु निर्माण गर्दा एकपक्षीय रुपमा निर्णय गर्न खोजिएको खगराजको भनाइ छ ।

प्रदेश इञ्चार्ज लेखराजले पार्टी कमिटीको संस्थागत निर्णय प्रक्रिया छलेर एकल निर्णय गर्ने आफ्नो पुरानै प्रवृत्ति दोहर्याएको खगराजको आरोप छ । लेखराजको प्रवृत्तिका कारण आगामी निर्वाचनमा पार्टीले ७ नम्बर प्रदेशमा गम्भीर हारको सामना गर्नुपर्ने पनि खगराजले उल्लेख गरेका छन् ।

पत्रसहित: