२१ कार्तिक २०८३, शनिबार

प्यूठानमा प्रहरीद्वारा तीन बालकको उद्धार

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सलिम अन्सारी

प्यूठान, २४ असोज । प्यूठानमा प्रहरीले तीन बालकलाई उद्धार अभिभाबकको जिम्मा लगाएको छ ।

जिल्ला बालकल्याण समितिमार्फत अभिभावकको जिम्मा लगाइएको हो ।

होटलमा काम लगाइदिने भन्दै तीन जना बालकहरुलार्इ काठमाडौं लैजांदै गरेको अबस्थामा सरुमारानी– ४ बड्डडाडा चोकबाट प्रहरीले ती बालकहरूलाई आइतबार नियन्त्रणमा लिएको थियो ।

जिल्लाको ऐरावती गाउँपालिका–३ काउले निवासी १३ वर्षका बिक्रम सामत,१४ वर्षका सुनिल सामत र १५ वर्षका धने सार्कीलार्इ उद्धार गरी आफन्तको जिम्मा लगाइएको प्यूठानका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोख्रेलले जानकारी दिए ।

नाताले आफ्नै काका पर्ने बीरे सार्कीसंग होटलमा काम गर्ने भन्दै आइतवार सांझ उनीहरू काठमाडौं जान लागेका बेला प्रहरीले बसमा फेला पारेको थियो ।