२ कार्तिक २०८३, सोमबार

यो हो व्यवसायी गौचनलाई बानेश्वरमा गोली हानेर मार्ने आपराधिक समूह, प्रहरी के गर्दैछ ?

86.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असोज । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या प्रकरण नयाँ मोडमा आइपुगेको छ । उनको हत्या गुण्डा नाइके रमेश बाहुन समूहबाट भएको प्रहरीले आशंका गरेको हो ।

महानगरीय प्रहरी प्रमुख एआईजी जयबहादुर चन्दले तीनदिन अघि ठेक्कापट्टाको विषयलाई लिएर बाहुन समूहले गौचनमाथि थप्पड हानेको जानकारी दिँदै हत्यामा पनि संलग्नता हुनसक्ने बताए । ‘हत्या त्यही समूहले गरेका वा अन्य हो भन्ने अनुसन्धान भइरहेको छ । उपत्यकामा नाकाबन्दी गरेर सुटरको खोजतलास भइरहेको छ,’ उनले भने ।

गुण्डा नाइके रमेश बाहुन भन्ने सुजन पौडेल भने अहिले लागूऔषध मुद्दामा अभियुक्त ठहर भई जेलमा छन् ।

सोमबार दिउँसो मोटर साइकलमा आएका दुई जनाले नयाँ बानेश्वरमा तीन राउण्ड गोली प्रहार गरेका थिए । लगत्तै सिभिल अस्पताल अस्पताल पुर्याइएका गौचनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

महानगरीय प्रहरी वृत बानेश्वरका अनुसार उनको टाउको, बायाँ कोखा र छातीमा तीन गोली लागेको थियो ।