१ कार्तिक २०८३, आइतबार

प्रवासी नेपाली मञ्च कोरियाको अध्यक्षमा सापकोटा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिओल । प्रवासी नेपाली मञ्च (ओएनएफ) दक्षिण कोरियाको अध्यक्षमा पर्शुराम सापकोटा निर्विरोध चयन भएका छन् ।

आइतबार अबेर सम्पन्न अधिवेशनबाट सापकोटा चयन भएका हुन् । यसअघि अध्यक्षका लागि मञ्चका पूर्व कोषाध्यक्ष रहेका सापकोटा र वर्तमान कार्यसमिति सदस्य श्रमदीप चौलागाईंले अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

एमालेको भ्रातृ संगठन अर्थात् प्रवास संगठनको रुपमा काम गर्दै आएको मञ्चको अधिवेशन उद्घाटनका लागि एमालेकी पोलिटब्युरो सदस्य तथा प्रवास विभाग इञ्चार्ज विन्दा पाण्डे कोरिया आएकी थिइन् ।

विभिन्न देशमा छरिएर रहेका एमालेका कार्यकर्ताहरुलाई संगठित एवं क्रियाशील बनाउने उद्देश्यले सन् १९९६ मा मञ्च स्थापना भएको हो ।