काठमाडौं, २२ असोज । नेपाल प्रहरीका पूर्व डीआर्इजी नवराज सिलवाल ललितपुर जिल्लाबाट चुनाव लड्ने भएका छन् ।
दुई दिनअघि नेकपा एमालेमा प्रवेश गरेका सिलवाललाई एमाले ललितपुर जिल्ला कमिटीले क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिस गरेको हो ।
एमाले ललितपुरका अध्यक्ष हरिकृष्ण व्यञ्जनकारका अनुसार सिलवाललाई प्रत्यक्ष उम्मेदवारका रुपमा आइतबार प्रतिनिधिसभाका लागि केन्द्रमा सिफारिस गरिएको हो ।
नेपाल प्रहरीको आईजीपी बन्न नसकेर गत भदौ २८ गते प्रहरी सेवाबाटै राजीनामा दिएका सिलवाल गत शुक्रबार एमालेमा प्रवेश गरेका थिए ।
















प्रतिक्रिया