कालिकोट, २२ असोज । नेकपा एमाले कालिकोटले आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि वकिल बमको नाम सिफारिस गरेको छ ।
युवा संघका केन्द्रीय लेखा समिति सदस्य एवं कालिकोटको विकट मान्मा घर भएका बमलाई प्रतिनिधिसभाको समानुपातिक तर्फ सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको एमाले कालिकोटले जनाएको छ ।
प्रतिनिधिसभामा टिकट पाउने देखिएपछि बमले भने- ‘पछिल्लो समय एमाले र माओवादीबीच वाम गठबन्धन, चुनावी तालमेल भएको हुनाले प्रदेशसभाको प्रत्यक्षतर्फ टिकट सम्भव भएन्, कालिकोट माओवादी आधार क्षेत्र भएकाले । समानुपातिकमा चाँही प्रतिनिधिसभातर्फ म सर्वसम्मत सिफारिस भएको छु । जित सुनिश्ति छ ।’
वाम एकता हुनुअघि बमले प्रदेशसभामा प्रत्यतर्फ टिकट पाउने चर्चा थियो ।












प्रतिक्रिया