काठमाडौं, २२ असोज । नेपाली सेनामा सपाहीदेखि सिकर्मी र ड्राइभरसम्म जागिर खुलेको छ । सेनाको भर्ना छनौट निर्देशनालयले एक सूचना प्रकाशित गर्दै २७ सय पदमा भर्ना खुलाएको हो ।
सेनाले सहायक पण्डित हुद्दा, अमलदार, सैन्य जवान, ड्राइभर, फलोवर्स लेखा जमल्दार लगायतको २ हजार ७ सय १ पदमा दरखास्त मागेको हो ।
यी पदमा आवदेन दिन कात्तिक २० गतेसम्म आवेदन भरिसक्नुपर्ने छ । सैन्य जवानका लागि कक्षा ८ पास अनिवार्य गरिएको छ भने अन्य विभिन्न सीपमूलक पदहरुमा सामान्य लेखपढ गर्न जान्नेले पनि आवेदन दिन सक्नेछन् ।















प्रतिक्रिया