२१ कार्तिक २०८३, शनिबार

बालकको घाँटी थिचेर हत्या, हत्यारालाई गाउँलेले समातेर प्रहरीलाई बुझाए

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ, २२ असोज (रासस) । दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं १ ब्रुन्दीमा गएराति एक बालकको हत्या भएको छ ।

बेनीघाट रोराङ गाउँपालिका–१ ब्रुम्दीका २५ वर्षीय आसमान तामाङले पाँच वर्षीय विवेक तामाङको हत्या गरेको गजुरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक वरुण सिंहले जानकारी दिनुभयो ।

घरमै सुतेका बालकलाई मुङ्ग्रोले हानी घाँटी थिचेर हत्या गरेको ताल्तीका शिक्षक तुलसी थापाले जानकारी दिनुभयो ।

बालकको हत्यापछि गाउँलेले आरोपी तामाङलाई डोरीले बाँधी नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ ।