भरतपुर, २२ असोज । एमाले चितवनले संघीय प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिस गरेको छ ।
चितवन जिल्लामा स्थानीय निर्वाचनमा पहिलो पार्टी बनेको एमालेको जिल्लामा जनमत निकै राम्रो देखिएको एमाले नेताहरूको दाबी छ । एमाले सहितको वाम गठबन्धनले एमालेलाई चितवनमा शक्तिशाली बनाउन सक्ने देखिएको छ ।
समानुपातिक सदस्यतर्फ एमाले युवा नेता सुरज तिवारीको पनि नाम सर्वसम्मतले सिफारिस भएको छ । प्रदेश नम्बर– ३ चितवन जिल्लाबाट प्रदेशसभा सदस्यमा सिफारिस भएका तिवारीको नाम दोस्रो स्थानमा राखिएको छ ।
चितवन जिल्लामा पहिलो र दोस्रो संविधानसभा निर्वाचनदेखि स्थानीय निर्वाचनमा समेत पार्टी युवा परिचालनको जिम्मेवारी कुशलतापूर्वक सम्हाल्दै आएका तिवारीको प्रदेशसभामा एमालेबाट समानुपातिक कोटामा पर्ने सम्भावना बढी छ ।
सप्तगण्डकी क्याम्पसका पूर्व स्ववियु सभापति, युवा संघ केन्द्रीय विभाग सदस्य, जिल्ला खेलकुद अध्यक्ष हुँदै दुई कार्यकाल जिल्ला सदस्य रहेका तिवारीको उम्मेदवारी सिफारिसलाई निकै अर्थपूर्ण मानिएको छ । तिवारी एमालेका उपाध्यक्ष वामदेव गौतम निकट मानिन्छन् ।












प्रतिक्रिया