१ कार्तिक २०८३, आइतबार

ओ.एन.एफको अध्यक्षमा दुई जना आकांक्षी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिओल । कोरीयामा हुन लागेको प्रवाशी नेपाली मंच(ओ.एन.एफ)को अधिवेशनका लागि अध्यक्षमा २ जनाले उमेद्वारी दिएका छन् ।

यहिँ अक्टोवर ८ अर्थात आईतबार हुन लागेको अधिवेशनकालागी मंचका पूर्व कोषाध्यक्ष पर्शुराम सापकोटा र मंचका वर्तमान कार्यसमिती सदस्य श्रमदिप चौलागाँईले अध्यक्षमा उमेद्वारी दिने भएका हुन् ।

एमालेको भातृ संगठन अर्थात प्रवास संगठनको रुपमा काम गर्दै आएको मंचको अधिवेशनको उद्घाटनकालागि एमालेकी पोलिटव्युरो सदस्य तथा प्रवास विभाग ईञ्चार्ज विन्दा पाण्डे पनि कोरीया आईसकेको मंचकी कार्यवाहक अध्यक्ष मिना थापा मगरले जानकारी दिएकी छन् ।

विभिन्न देशमा छरिएर रहेका एमालेका कार्यक्रताहरुलाई संगठीत एवंम क्रियाशिल बनाउने उद्देश्यले सन १९९६ मा कोरियामा स्थापना गरिएको उक्त मंचले समय समयमा विभन्न कार्यक्रम गर्ने तथा नेपालीहरुलाई कोरीयामा दुःख परेमा सहयोग गर्ने जस्ता काम गर्दै आएको मगरले बताईन् ।

स्थापना कालदेखि खगेन्द्र लिम्बु, मानध्वज लामा, विक्रम राई, नरेन्द्र चेमजोङ्ग, कृष्ण राई, गोविन्द गाउँले, कृष्ण बस्याल हुँदै कार्यवाहक मिना थापा मगर सम्मलाई अध्यक्षको जिम्मेवारी दिईसकेको मंचमा आगामि नेतृत्व पनि कुशल एवंम सक्रिय नेतृत्वलाई जिम्मेवारी दिनुपर्ने शुभ चिनतकहरुको भनाई छ ।

आईतबार सउलको एम टु यु हलमा हुने अधिवेशनको सम्पुर्ण तैयारी पुरा भएको मंचले जनाएको छ ।