२ कार्तिक २०८३, सोमबार

देउवा सरकारका अर्का मन्त्री पनि एमाले-माओवादी गठबन्धनमा ?

43.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असोज । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारका मन्त्री एवं मधेशी नेता जितेन्द्र देव एमाले–माओवादी केन्द्रको गठबन्धनमा प्रवेश गर्ने भएका छन् ।

वाम गठबन्धनमा प्रवेश गर्ने विषयमा उनले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरिरहेको स्रोतले बतायो । नेपाल लोकतान्त्रिक फोरमका नेता देवको केही दिन यता पार्टी अध्यक्ष विजयकुमार गच्छदारसँग टसल परिरहेको छ । सम्भवतः उनी आज र भोलिभित्रै नयाँ वाम गठबन्धनमा प्रवेश गर्ने स्रोतको दाबी छ ।