२१ कार्तिक २०८३, शनिबार

नवलपरासी एमालेले टुंगो लगायो उम्मेदवार

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– मोहन पौडेल

परासी, २० असोज । नेकपा एमाले नवलपरासीले समानुपातिक तर्फका उम्मेदवारको पनि टुंगो लगाएको छ । एमाले जिल्ला कमिटीको शुक्रबार परासीमा बसेको सचिवालय बैठकले समानुपातिक र क्षेत्रबाट सिफारिस भई आएका प्रत्यक्ष तर्फका उम्मेदवारको टुंगो लगाएको हो । आज टुंगो लगाइएका समानुपातिक तर्फका १८ जना र प्रत्यक्ष तर्फका ११ जना उम्मेदवार प्रदेश कमिटीमा सिफारिस गरिएको एमाले नवलपरासीले जनाएको छ ।

आजको बैठकले नवलपरासीको प्रतिनिधि सभा क्षेत्र नं. १ बर्दघाट सुस्ता क्षेत्रमा समानुपातिक तर्फ रामचन्द्र अधिकारी, रामलखन हरिजन, राधा ढकाललाई सिफारिस गरेको छ भने सो प्रतिनिधि क्षेत्रमा प्रत्यक्ष तर्फ भने एमालेको सुर्य चिन्हबाट हृदयश त्रिपाठी चुनाव लड्ने भएपछि एमालेका उम्मेदवार सिफारिस गरिएको छैन ।

यस्तै प्रतिनिधि सभा क्षेत्र नं. २ सुनवल पाल्हीनन्दन क्षेत्रमा प्रत्यक्ष तर्फ डाक्टर शोभाकान्त ढकाल सर्वसम्मत सिफारिसमा पनुभएको छ भने समानुपातिक तर्फ केशरमणी पोखरेल, श्याम वस्याल र भागिरथी पाण्डे सिफारिस हुनुभएको छ ।

यसैगरी प्रदेश सभा तर्फ प्रतिनिधि सभा क्षेत्र नं १ को प्रदेश सभा १ बाट प्रत्यक्ष तर्फ सांसद सिन्धु जलेसा, बृहस्पति अधिकारी, दिपेन्द्र अधिकारी, रुक्मागत ज्ञवाली, टोपबहादुर सिंह सिफारिसमा पर्नुभएको छ । यसैगरी समानुपातिक तर्फ शिवलाल कण्डेल, यज्ञ खनाल र सरिता खनाल सिफारिस हुनुभएको छ ।

सोही प्रतिनिधि सभा क्षेत्रको प्रदेश सभा २ मा प्रत्यक्ष तर्फ टेकनारायण उपाध्याय, रामु अर्याल, रमेश पाण्डे र गणेश पोखरेललाई सिफारिस गरिएको छ भने समनुपातिक तर्फबाट ईश्वरी घिमिरे, धनबहादुर गुरुङ, राधिका शर्मा सिफारिसमा पर्नुभएको छ ।

प्रतिनिधि सभा क्षेत्र नं. २ अन्तर्गतको प्रदेश सभा १ बाट प्रत्यक्ष तर्फ सांसद बैजनाथ चौधरी सर्वसम्मत सिफारिस भईसक्नुभएको छ भने समानुपातिकमा खिमलाल प्रोखरेल, थानप्रसाद गैरे र भगवति भण्डारी सिफारिस हुनुभएको छ ।

प्रतिनिधि सभा क्षेत्र नं. २ को प्रदेश सभा क्षेत्र नं २ बाट प्रत्यक्ष तर्फ सिताराम चौधरी सिफारिस भईसक्नुभएको छ भने समानुपातिक तर्फ तुल्सी पासी, विरेन्द्र यादव र लक्ष्मी क्षेत्री सिफारिस हुनुभएको एमाले जिल्ला सहसंयोजक थानप्रसाद गैरेले बताउनुभयो ।