२१ कार्तिक २०८३, शनिबार

राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठनको विधेयक संसदमा पेश, आइतबार पारित हुने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असोज । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७४ आज संसदमा पेश भएको छ ।

दाङको घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पताललाई शिक्षण संस्थाका रुपमा अगाडि बढाउन यो विधेयक बनेको हो । विधेयक संसदमा पेश भए पनि आइतबार मात्रै पारित हुनेछ ।

विधेयकमाथि आज संसदमा छलफल भएको छ । विधेयकमाथिको छलफलमा सांसदहरू राजु खनाल, अनिता देवकोटा, योगेन्द्र चौधरी, रेखा शर्मा, सुशीला चौधरीलगायतले भाग लिएको थिए ।

विधेयक पारित हुनेवित्तिकै घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा चिकित्सासम्बन्ध पठन–पाठन हुनेछ । अस्पतालको सेवामा पनि बृद्धि हुनेछ ।