२१ कार्तिक २०८३, शनिबार

शुक्लाफाँटामा मोटरसाइकल चोरको विगविगी

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अर्जुन सिंह

झलारी, २० असोज । केही दिन यता कञ्चनपुरको शुक्लाफाटा नगरपालिका क्षेत्रमा मोटर साईकल चोरीको घटना दिन प्रतिदिन वढदै गइरहेको छ । चाड पर्वको समयमा प्रहरीले उच्च सर्तकताका साथ गस्ती गरिरहेको भएपनि चोरीका घटना घट्नुको साटो दैनिक रुपमा बढीरहेका छन । प्रहरीले चोरी नियन्त्रणका लागि विभिन्न रणनितिक योजनाका साथ काम गरिरहेको भएपनि चोरले भने अनेकौ नया नया तरिका प्रयोग गरि मोटर साईकल चोर्ने कार्य जारी राखेको छन् ।

एकातिर प्रहरीले चोरी नियन्त्रणका लागि सक्रियता देखाइ रहेको देखिन्छ भने अर्का्तिर चोरीका घटना अनियन्त्रित रुपमा बढ्दै गइरहेको छ । प्रहरीले दैनिक रुपमा चोरीका मोटर साइकल सहित चोर पक्राउ गर्दै छ भने चोरहरुले पनि दैनिक रुपमा मोटर साईकल चोरी गर्ने क्रमपनि वढदै गएको छ । मोटरसाईकल चोरीको घटना बढीरहेका बेला ईलाका प्रहरी कार्यालय झलारीले मोटरसाईकल चोर्दा चोर्दै वुधवार राती फेरी ३ जना मोटरसाइकल चोरलाई रङ्गेहात पक्राउ गरेको छ । मोटर साईकल चोरीको रोपमा आक्राउ पर्नेहरुमा भिमदत्त नगर पालिका १९ वागफाँटाका २० वर्षिय अनिल चौधरी, १९ बर्षिय दिपेन चौधरी र १९ बर्षिय बलराम आग्री रहेका छन् ।

शुक्लाफाटा नगर पालिका ५ वनसमितिका राजेन्द्र कार्कीको घरको वरन्दामा राखेको म २ प ५९६५ नम्बरको हिरो होण्डा मोटर साइकल चोरहरुले लगि रहेको वेला इलाका प्रहरी कार्यालयको टोलीले गर्जमुनीवाट पक्राउ गरेका छ भने झलारी वजारमा डेरा गरी वस्ने लक्ष्मण धामीको म १ प ८७३६ं न को हिरो होण्डा कम्पनीको मोटर साईकल वनसमिति स्थित धान वारीवाट बरामद गरेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । यि दुवै मोटरसाइकल वुधवार राती पक्राउ परेका तिनै जना चोरहरुले चोरेर लगेका थिए ।

शुरुमा झलारीवाट लक्ष्मण धामीको मोटर साइकल चोरी गरी लगिरहेको वेला मोटरसाइकलमा भएको पेट्रोल सकिएकोले धानवालीमा लुकाएर वनसमिति गई राजेन्द्र कार्कीको मोटर साइकल चोरी गरेर लगेको इलाका प्रहरी कार्यालय भलारीका प्रहरी प्रमुख प्रहरी निरिक्षक टेक वहादुर जोराले वताउनु भयो । दैनिक रुपमा चोरीका घटना वढन थालेपछि प्रहरीले आफ्रना माल समान सुरक्षाका लागि सवैमा सजकता अपनाउन समेत सवैमा अनुरोध गरेको छ ।