१ कार्तिक २०८३, आइतबार

कोरियामा ‘शेर्पा संघको भवन खरिदका लागि सहयोग पहल’

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सौल । शेर्पा संघ दक्षिण कोरियाले नेपाल शेर्पा संघको केन्द्रीय भवन निर्माणका लागि सहयोगका लागि पहल गरेको छ ।

बार्षिक साधारणसभा, शुभकामना आदान–प्रदान कार्यक्रम कोरियाली शेर्पाहरु माझ सहयोगका लागि आह्वान गरेको हो । बुधबार राजधानी सौलस्थित नेपाल हाउसमा आयोजना गरिएको सभाले संघको विधान पारित समेत पारित गरेको सञ्चार विभाग प्रमुख आङ माया शेर्पाले जानकारी दिए ।

नेपाल शेर्पा संघले हालै सहयोग संकलन गरी खरिद गरेको भवनको ऋण चुक्त गर्न बाँकी रहेकाले दक्षिण कोरियामा रहेका शेर्पा, आम नेपालीको सहयोग संकलन गरी दायित्व निर्वाह गर्न सबैमा अनुरोध गरेको अध्यक्ष शेर साङबो शेर्पाले जानकारी दिए । आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष चित्रबहादुर मोक्तानको प्रमुख आतिथ्यमा भएको साधारणसभामा महासचिव नावा रिन्जीले प्रगती विवरण पेश गरे भने कोषाध्यक्ष दाछेदर शेर्पाले आर्थिक प्रतिवेदन प्रस्तुत गरे।

शेर्पा समुदायको वाक्लो उपस्थितीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि मोक्तानले ‘नयाँ संविधान जारी भएपनि आदिवासीको भावना समेट्न नसकेको र अझैपनि विभेदपूर्ण रहेको भन्दै’ असन्तोष व्यक्त गरे । त्यस्तै, अध्यक्ष शेर्पाले कोरियाबासी शेर्पाहरुले एकताबद्द भई संस्थालाई अगाडी बढ्नुपर्ने बताए ।

सोही अवसरमा अध्यक्ष शेर्पाले‘विश्व शेर्पा सम्मेलन र भवन खरिद छुट्टाछुट्टै शिर्षकमा रकम संकलन गरिरहेको र चाँडै नेपाल पठाईने’ जानकारी दिए । दुई चरणमा सञ्चालन गरिएको कार्यक्रममा औपाचारिक कार्यक्रमको समापन पछि कार्यसमितिको विभिन्न रिक्त पदहरुमा पदपूर्ति तथा संघको आगामी कार्यक्रमहरुलाई थप प्रभावकारी र प्रगतिशील बनाउन विभागीय जिम्मेवार थपे ।

सांस्कृतिक विभाग संयोजकमा युगेल शेर्पा, संचार विभाग संयोजकमाआङ माया शेर्पा, खेलकूद विभाग संयोजकमा सोनाम शेर्पा रहेका छन ।