२ कार्तिक २०८३, सोमबार

डीआईजी नवराज सिलवाल एमालेमा प्रवेश, ओलीले यसरी भित्र्याए

5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असोज । नेपाल प्रहरीका डीआइजी नवराज सिलवाल नेकपा एमालेमा प्रवेश गरेका छन् ।

शुक्रबार राजधानीको बुद्धनगरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले टीका र खादा लगाई सिलवाललाई पार्टी प्रवेश गराएका हुन् ।

प्रहरी प्रमुख (आईजिपी) बन्ने योग्यता र क्षमता हुँदाहुँदै वर्तमान सरकारबाट पक्षपात र न्यायालयबाट समेत न्याय नपाएपछि उनले केही समयअघि पदबाटै राजीनामा दिएका थिए । यद्यपी उनको राजीनामा अहिलेसम्म स्वीकृत भएको छैन् ।

राजीनामाको टुंगो नलाग्दै सिलवाल शुक्रबार ओलीको हातबाट टीका लगाएर एमाले प्रवेश गरे । उनलाई एमालेले उपयुक्त स्थान (यहाँसम्मकी गृहमन्त्री) दिने आश्वासन दिएको छ ।