काठमाडौं, २० असोज । राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरमबीच चुनावी तालमेल गर्ने सहमति भएको छ ।
राजपा संयोजक महन्थ ठाकुर र फोरम अध्यक्ष उपेन्द्र यादवद्वारा शुक्रबार जारी विज्ञप्तिमा आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरी अघि बढ्ने र दुबै पार्टीका उम्मेदवार साँझा हुने उल्लेख छ ।
विज्ञप्तिमा असमानता, विभेद, भेदभाव एवम् उपेक्षा, शोषण र उत्पीडनलाई अन्त्य गर्नका लागि संयुक्त रुपमा निर्वाचनमा भाग लिने समेत भनिएको छ ।
यसअघि राजपाको केन्द्रीय समिति बैठकले फोरमसँग तालमेल गर्ने औपचारिक निर्णय गर्दै उपेन्द्र यादवलाई प्रस्ताव पठाएको थियो ।
यस्तो छ विज्ञप्तिः
















प्रतिक्रिया