
अर्घाखाँची, २० असोज । अर्घाखाँचीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
अर्घाखाँचीको डाँडाकटेरीदेखि बुटवलतर्फ जाँदै गरेको लु १ ज ७५१८ नम्बरको यात्रुवाहक यहाँको मालारानी गाउँपालिका–३ सातडाँडामा आज विहान दुर्घटना परेको हो । दुर्घटनामा ६१ जना घाइते भएका छन् ।
दुर्घटनामा घाइतेभएकामध्ये २० जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया