११ मंसिर २०८३, शुक्रबार

कास्कीबाट खगराज अधिकारी र रवीन्द्र अधिकारी सर्वसम्मत, को-को सिफारिस भए ?

6.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १९ असोज । प्रतिनिधिसभा निर्वाचनको लागि कास्की क्षेत्र नम्बर १ बाट खगराज अधिकारी र क्षेत्र नम्बर २ बाट रवीन्द्र अधिकारी सर्वसम्मत सिफारिस भएका छन् ।

कास्की क्षेत्र नं १ बाट प्रतिनिधिसभाका लागि पूर्वमन्त्री अधिकारी सर्वसम्मत भएका हुन् । उनी एमालेका केन्द्रीय सल्लाहकार परिषदका उपाध्यक्ष र पूर्वगण्डकी अञ्चल इन्चार्ज पनि हुन् ।

कास्की क्षेत्र न १ ‘क’ बाट प्रदेश सभाको लागि दिलिप न्यौपाने, टिकाराम पगेनी र सरिता कुमाललाई सिफारिस भएका छन् । क्षेत्र नम्बर १ ‘ख’ बाट प्रदेश सभाको लागि मनबहादुर गुरुङ, बसन्त बरालको नाम सिफारिस भएको छ ।

यसैगरी, नेकपा एमाले कास्की निर्बाचन क्षेत्र नं २ को बैठकले युवा नेता रवीन्द्र अधिकारी सर्बसम्मत सिफारिस गरेको हो । उनी संसदको विकास समितिका सभापति पनि हुन् ।

प्रदेश सभामा नेकपा एमालेको तर्फबाट कास्की निर्बाचन क्षेत्र न २ ‘क’ मा कृष्ण थापा, धनराज आचार्य, हिरा गिरी सिफारिस भएका छन् । त्यसैगरी प्रदेशसभा नेकपा एमाले कास्की निर्बाचन क्षेत्र न २ ‘ख’ बाट प्रभा कोइराला, सन्जीबबहादुर कोइराला र दानबहादुर बानियाँको नाम सिफारिस भएको छ ।

कास्की क्षेत्र नम्बर ३ नं बाट पार्टीका वैकल्पिक पोलिटव्युरो सदस्य एवं प्रदेश नम्बर ४ का सचिव जगत बिश्वकर्माले टिकट पाउने सम्भावना छ । नेताहरु विश्वकर्मालाई टिकट दिइँदा जितिने पक्षमा छन् । प्रतिनिधिसभाका लागि विश्वकर्मासँगै जगन्नाथ बास्तोला र उमा कोइरालाको नाम सिफारिस भएको छ ।

प्रदेश सभा कास्की क्षेत्र न ३ ‘क’ बाट नारायण बास्तोला, दलबहादुर गुरुङ र सरस्वती अधिकारी सिफारिस भएका छन् । यसैगरी, प्रदेश सभा कास्की क्षेत्र न ३ ‘ख’ बाट दामोदर बैरागी, राजीब पहारी र देबका पहारीको नाम सिफारिस भएको छ ।