११ मंसिर २०८३, शुक्रबार

काँग्रेस गठबन्धनको कार्यदलमा छानिए ८ जना नेता, यस्तो छ जिम्मेवारी

3.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ असोज । चुनावका लागि काँग्रेसको नेतृत्वमा बन्न लागेका गठबन्धनका ८ जना रहेको कार्यदल बनेको छ ।

बुधवार साँझ बसेको ६ दलका शीर्ष नेताको बैठकले ८ सदस्यीय कार्यदल बनाएको हो । कार्यदलमा कांग्रेसबाट विमलेन्द्र निधि, डा. मिनेन्द्र रिजाल र डा. पूर्णबहादुर खड्का, राजपाका सर्वेन्द्रनाथ शुक्ला, संघीय समाजवादी फोरमका रामसहाय यादव, नेपाल लोकतान्त्रिक फोरमका गोपाल दहित, राप्रपाका बुद्धिमान तामाङ र राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डे छन् ।

कार्यदललाई कुन कुन जिल्लामा कसरी तालमेल गर्ने भनी खाका बनाउन अख्तियारी दिइएको छ ।