११ मंसिर २०८३, शुक्रबार

लोकतान्त्रिक गठबन्धनमा सामेल हुन राप्रपाले राख्यो देउवाको पसिना छुटाउने शर्त!

27.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असोज । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले कांग्रेसको नेतृत्वमा बन्न लागेको बृहत लोकतान्त्रिक गठबन्धनमा सहभागी हुन शर्त अघि सारेको छ ।

गठबन्धन बनाउने विषयमा छलफल गर्न बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा शेरबहादुर देउवाको अध्यक्षतमा बसेको ६ दलको बैठकमा राप्रपा अध्यक्ष कमल थापाले प्रतिनिधिसभामा १५ र प्रदेशमा २५ सीट आफूले पाउनुपर्ने शर्त अघि सारेका हुन् ।

केही समयअघि देउवामाथि पार्टी फुटाएको आरोप लगाउँदै आएका कमल थापाले बुधबार बालुवाटार पुगेर गठबन्धनमा आफ्नो हैसियत प्रष्ट हुनुपर्ने भन्दै प्रतिनिधिसभाका १६५ मध्ये १५ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारलाई गठबन्धनले सघाउनुपर्ने प्रस्ताव राखेको स्रोतले बतायो ।

‘गठबन्धनमा कांग्रेस, संघीय समाजवादी फोरम र राजपापछि आफू ठूलो रहेको भन्दै कमल थापाजीले प्रतिनिधिसभामै १५ सीट मागे, यो त हैसियतभन्दा ठूलो कुरा भयो, यति सीट दिन प्रधानमन्त्री एवं पार्टी सभापतिजी पनि सकारात्मक हुनुहुन्न्,’ बैठकमा सहभागी कांग्रेसका एक नेताले भने ।

स्रोतका अनुुसार राप्रपाले झापा, मकवानपुर, बाँके, धनुषा, पर्सा, सिरहा, सल्यान, दैलेखलगायत जिल्लामा १–१ सीट दिनुपर्ने प्रस्ताव बैठकमा सुनाएको थियो ।